२ औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउने मुख्यमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 04:45:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रलाई प्रदेश सरकारले आफू मातहत ल्याउने बताएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्ष २०७७÷०७८ को प्रदेशको वार्षिक बजेट पेश गर्दै यी दुई औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याईने बताएका हुन् । 

उनले प्रदेश भित्रको आर्थिक क्षेत्रलाई चलायमान बनाउन यी दुई औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउने प्रक्रिया आगामी आर्थिक वर्षबाटै सुरु गरिने बताए । उनले भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माण पूरा हुने चरणमा पुगेको बताउँदै यसमा निजी क्षेत्रलाई अब आउने व्यवसायीक सम्भावनालाई उपयोग गर्न आह्वान पनि गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved