घरेलु तथा साना उद्योग मुलुकको अर्थतन्त्रका मूल आधार हुनः उद्योग मन्त्री बडु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 03:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको मूल अर्थको आधार र आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा अन्तरक्रियामा मन्त्री बडुले यस्तो बताएका हुन् । 

‘स्ता उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा रहेको भन्दै उनले भने, “सरकारको साथै व्यक्तिगत रुपमा पनि यस्ता उद्योगहरु मेरो पनि प्राथमिकतामा छन् । यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के के छन्, समाधानका लागि के गर्नुपर्छ आउनुहोस हामी छलफल गर्न तयार छौं ।”

“मुलुक संघीयतामा गएपछि यो क्षेत्रको प्रवद्र्घनमा केही समस्या आएको हो कि भन्ने हामीलाई लागेको छ । ड्राफटमा रहेको ऐनमा सम्बोधन गरेर हुन्छ कि के गरेर हुन्छ समस्याको पहिचान गरेर अगाडि बढ्नुपर्छ” उनले थपे ।

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगहरुले विदेशबाट आयात हुने वस्तुहरुसँग प्रतिष्पर्धा गर्न नसकी उद्योगहरु धराशायी हुँदै गैरहेकोले स्वदेशी वस्तुको प्रवद्र्धन र स्वदेशी उद्योगको विकासका लागि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयनको व्यवस्था गरिनुपर्ने बताएका छन् । नेपालमै उपलव्ध हुने कृषि लगायत अन्य औद्योगिक वस्तुको उपयोगलाई प्राथमिकता दिन विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा उनको जोड छ । 

“निर्यात गृहमा सम्बन्धित प्रदेश भरिका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशी वस्तु मात्र राख्ने व्यवस्था गरिनु पर्दछ भने केन्द्रमा देशभरका लघु, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित स्वदेशी उत्पादन मात्र राख्ने व्यवस्था गरिनु पर्दछ” अध्यक्ष सिंहले भने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved