नेपाल चेम्वर अफ कमर्स र आइएमएफका प्रतिनिधिबीच चेम्वरमा भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 06:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि र आइएमएफका प्रतिनिधिबीच भेटवार्ता भएको छ । भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको विषयमा कुरा राखेका छन् ।

अध्यक्ष मल्लले व्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको उल्लेख गर्दै नेपालको वैदेशिक व्यापारमा वढदै गइ रहेको व्यापार घाटालाइ न्युन गर्न बिकास साझेदार संस्थाहरुले उर्जा, पर्यटन तथा कृषि क्षेत्रलाइ प्राथमिकता दिनुपर्ने बताएका छन् ।

आइएमएफका एशिया प्यासिफिक विभागका प्रमूख रवर्ट ग्रेगोरीको नेतृत्वमा नेपाल आएको प्रतिनिधि मण्डल र चेम्वर अफ कमर्सका पदाधिकारीहरु वीच आज भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले कोभिड(१९को प्रकोपको सन्दर्भमा आइएमएफले प्रदान गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै कृषिलाई प्राथिमिकता दिन फूड वैंकको व्यवस्था हुनु पर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लागि एकल अंकको व्याज दर हुनु पर्नेमा जोड दिनु दिए ।

साथसाथै साना तथा मझौला उद्यमहरुलाइ आइएमएफ जस्ता संस्थाहरुबाट सहयोग प्रदान हुनु पर्ने उनको भनाई छ । 

आइएमएफका मिसन चिफ रवर्ट ग्रेगोरीले नेपालमा ६ महिनाको लागि बिदेशी मुद्राको भण्डार रहेकोले सन्तोषप्रद रहेको बताउँदै  कोभिड नियन्त्रणको लागि गरिएको प्रयाशको प्रशंसा गरे । कोभिड प्रकोप पश्चातको नेपालको समग्र आर्थिक परिस्थिति तथा युक्रेनको बिद्यमान परिस्थितिले व्यावसायीक क्षेत्रमा सृजना भएका बिबिध चुनौतिहरुवारे जिज्ञासा राखे । 

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, दीपक श्रेष्ठ तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved