‘रेमिट्यान्सको पैसा कम्तीमा २ वर्ष बैंकिङ प्रणालीमा बस्ने वातावरण बनाउने मौद्रिक नीति आउनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 02:31:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन कुमार गोल्याउनले रेमिट्यान्सबाट भित्रिने पैसा नजोगिएको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले रेमिट्यान्सबाट आउने पैसाको सञ्चिती हुने वातावरण बनाउनुपर्ने बताए ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक नीति ल्याउँदा विदेशबाट भित्रिने रेमिट्यान्स कम्तीमा २ वर्ष बैंकिङ च्यानलमा बस्ने वातावरण बन्ने गरी ल्याउनुपर्ने बताए । यसका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सरकारले विभिन्न सेवा तथा सुविधाहरु दिएर औपचारिक च्यानलबाट मात्रै रेमिट्यान्स आउने स्थिती सिर्जना गर्नुपर्ने उनको भनाई छ ।

रेमिट्यान्स कम्तीमा २ वर्ष बैंकिङ प्रणालीमा बसे मात्रै उक्त रकम बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी हुने र त्यसले मात्रै दीर्घकालिन प्रतिफल दिने गोल्यानले बताए । 

‘वैदेशिक रोजगारीमा गाएकाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्छ’ गोल्यानले भने, ‘उनीहरु फर्केर आएपछि यहीँ उद्यम व्यवसाय गर्न सहुलियतमा कर्जा दिन सकिन्छ, रेमिट्यान्सको बचतमा बढी ब्याज दिन सकिन्छ । यस्ता केही रचनात्मक काम गरेर वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुबाट आउने रेमिट्यान्सलाई हामी उत्पादनमा लगाउन सक्छौँ ।’

गोल्यानले उत्पादनमूलक क्षेत्रमा लगानी नभएको पनि बताए । 

‘हामी उत्पादनमा लागेनौँ, खेत बारी बाँझो राख्यौँ, हाम्रा दाजुभाई दिदीबहिनी विदेश गए, पैसा पठाए, त्यहीँ पैसाले विदेशी सामान आयात गर्यौ, त्यसबाट राजस्व उठायौँ, हामी पूर्ण रुपमा राजस्वमा केन्द्रित भयौँ’ गोल्यानले भने, ‘उत्पादन छोडेर जति भन्यो त्यति बढिरहेको राजस्वलाई हेरेर हामीले आर्थिक वृद्धिदर बढ्यो भनिरह्यौँ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved