विदेशमा सिकेको सीप र कमाएको पूँजी नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2022 | 01:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैंककमा आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

‘नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ’ उनले भने, ‘यसो गर्न सकियो भने हाम्रो देशमा समृद्धि छाउन धेरै समय लाग्दैन ।’

उनले नेपालीहरु विदेशमा अनुभव, सीप र उच्च शिक्षाका लागि आउनु परेको पनि बताए ।

‘संसारमै छरिएर रहेका नेपालीहरूको उद्देश्य ज्ञान, सीप र पूँजी आर्जन गर्नु नै हो । देश विकासका लागि हामीलाई आवश्यक पर्ने चिज पनि यिनै हुन्’ ढकालले थपे, ‘त्यसैले हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो मातृभूमिलाई बिर्सनु हुँदैन । आफ्नो विदेशको कमाई आफू जन्मेको माटोका लागि खर्चिनुपर्दछ ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved