समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा सेठिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 05:00:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आयात–निर्यात गर्ने व्यवसायीहरुको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा विनोदकुमार सेठिया चयन भएका छन् । 

गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।

संघको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा प्रभातकुमार सर्राफ सर्वसम्मत रुपमा चुनिएका छन् । 

सदस्यहरुमा आकाश गोल्छा, ऋषिराज मोर, कुमार कार्की, गोविन्दलाल सांघई, जयन्तकुमार अग्रवाल, पवनकुमार अग्रवाल र पवनकुमार संचेती, प्रदीप राजगाढिया, मदन मित्तल, मयंक केडिया, रमेशकुमार थापा, रामचन्द्र खेतान, स्वाती रुंगटा अग्रवाल र सुमितकुमार वंशल चयन भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved