महासंघ निर्वाचनः दबाब बढाउँदै काँग्रेस–माओवादी, चन्द्र ढकालले कसलाई सघाउलान् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 02:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावी साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा कसको पल्लाभारी हुन्छ भन्ने चासो ब्यापक छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण महासंघका उद्योगी व्यवसायीको देश दौडाहा केही छायामा परेको भएपनि भित्रि तयारीमा सबै आकांक्षी लागिरहेकै छन् ।

हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी चैतबाट महासंघको अध्यक्ष बन्दैछन् । ढकालपछि महासंघको अध्यक्ष बन्ने लक्ष्यका साथ हालसम्म पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका उपाध्यक्ष त्रय दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । 

चन्द्रको समर्थन कसलाई ?

गत निर्वाचनमा आफ्नै टिम बनाएर वरिष्ठ उपाध्यक्षमा चुनाव लड्दा चन्द्र ढकाललाई पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतको समर्थन थियो । नेकपा एमाले निकट मानिने ढकाल आफू विधानतः स्वतः अध्यक्ष बन्ने भएकाले अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

तर, गत निर्वाचनमा उनलाई जिताउन नायकत्व निर्वाह गरेका चण्डीराजले भने यसपाली उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन् । महासंघ निस्वार्थ रुपमा साना र ठूला सबै उद्योगी व्यवसायीको साझा संगठन भएपनि महासंघको नेतृत्वमा पुग्नेहरुले ‘कर्पोरेट लाइसेन्स’ हत्याउन मात्रै महासंघलाई प्रयोग गरेको भन्दै अब महासंघमा ‘हक्की लिडर’ आवश्यक भएको र त्यस्तो व्यक्ति उमेशलाल मात्रै भएको बुझाई चण्डीराजको छ ।

चण्डीराजले समर्थन गरेर उभ्याएको उम्मेदवार भएकाले धेरैले चन्द्र ढकालको समर्थन उमेशलाललाई नै हुने लख काटेका छन् । बाहिर सार्वजनिक नगरेपनि ढकालको नैतिक समर्थन उमेशलालले पाउने विषयमा महासंघका सदस्यहरुबीच चर्चा हुन थालेको छ ।

तर, चन्द्रले भने आफू कसैको पक्ष र विपक्षमा नउभिने प्रष्ट पारिसकेका छन् ।

चन्द्रलाई चेप्दै काँग्रेस–माओवादी

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार चन्द्र ढकाल आगामी अध्यक्ष हुने भएपछि हालको सत्ता गठबन्धनले उनलाई चेप्न थालेको छ । गठबन्धन भएकाले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने भएकाले काम गर्न सहज हुने गरी वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा माओवादी वा काँग्रेस निकट व्यक्तिलाई समर्थन गर्न चन्द्र ढकाललाई दबाब आइरहेको दाबी स्रोतले गरेको छ । 

यो पनिः
‘बिग हाउस’ले महासंघलाई ‘पेवा’ ठानेको उद्योगी व्यवसायीको आरोप, ‘गेट’मै ताला लगाइदिने चेतावनी

काँग्रेसले अन्जन श्रेष्ठलाई समर्थन गरेर जान चन्द्र ढकाललाई दबाब दिएको छ । 

यता, माओवादी केन्द्रले दिनेश श्रेष्ठलाई सघाउन दबाब कायम राखेको छ । दिनेश श्रेष्ठको टिमबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवारका रुपमा प्रस्तुत गरिएका दिलसुन्दर श्रेष्ठ माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा छन् । उनले समानुपातिक सूचीमा रहेकाले महासंघको कुनैपनि पदमा आफू उम्मेदवार नबन्ने प्रष्ट पारिसकेका छन् । त्यसैले, माओवादीका नेताहरुले दिलसुन्दरले सहयोग गरिरहेका दिनेश श्रेष्ठको पक्षमा उभिन चन्द्र ढकाललाई भनिरहेका छन् । 

‘काँग्रेसहरु अन्जन हुनुपर्छ भन्दैछन्, दिलसुन्दरको समर्थन भएकाले माओवादीले चाहिँ दिनेश श्रेष्ठलाई चाहेको छ’ स्रोत भन्छ, ‘काँग्रेस माओवादीले उमेशलाल बाहेकको उम्मेदवारलाई समर्थन गर्न चन्द्रलाई अन्तिमसम्म दबाब दिई रहन्छन् । एमाले भने बोलेको छैन ।’

यसअघिः

सिमित व्यवसायिक घरानाले ‘कब्जा जमाउँदै’ उद्योग वाणिज्य महासंघ (सेटिङको फेहरिस्तसहित)

महासंघमा चुनाव लाग्योः वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी, कसलाई कसको समर्थन ?

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved