ब्याजदर वृद्धिको विरोधमा भइरहेको आन्दोलन रोक्न जिल्ला–नगर र बस्तुगत संघहरुलाई महासंघको उर्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 06:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर स्थिर राख्न र चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेको छ । सँगै, जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघहरुले गरिरहेको प्रदर्शन रोक्न पनि उर्दी जारी गरेको छ । 

महासंघले आज आफ्नो धारणा सार्वजनिक गर्दै बजारको न्युन मागका कारण व्यापार व्यवसाय प्रभावित भैरहेका बेला बढेको ब्याजदर र यही कार्तिकबाट केन्द्रिय बैंकले लागु गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको गुनासो गरेको हो ।

महासंघले राष्ट्र बैंकसमक्ष तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पूँजी कर्जा मार्गदर्शन स्थगनको माग गरेको हो । 

महासंघले जिल्ला–नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका माग र गरिरहेका प्रदर्शनमा ऐक्यवद्धता पनि जनाएको छ । 

मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुने भएकाले खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको भन्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न पनि महासंघले प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ । 

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व सरकार एवं नेपाल राष्ट्र बैंकसँग संवादमा रहने प्रतिवद्धता महासंघले गरेको छ । तर, निर्वाचन पछि पनि कुनै वास्ता नगरिए महासंघले नै आन्दोलनको नेतृत्व गर्ने संकेत गरिएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved