एकल अंकको ब्याजदर कायम गर्ने राष्ट्रिय उद्योग तथा व्यापार महासंघको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2022 | 05:09:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय उद्योग तथा व्यापार महासंघले ब्याजदरलाई एकल अंकमा कायम गर्न माग गरेको छ । महासंघको केन्द्रीय समितिको पुष १५ गते संगठनका संयोजक जितेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले ब्याजदरलाई एकल अंकमा कायम गर्न माग गरेको हो । 

महासंघले वर्तमान अवस्थामा सम्पूर्ण उद्योग प्रेमी, व्यापारी, व्यवसायी, किसान, मजदूरमाथि सरकारको अदूरदर्शिता साथै बैंकको चर्को व्याजका कारण उद्योग व्यवसायीहरु आफ्नो व्यवसाय अस्तव्यस्त भई आत्महत्या गर्न बाध्य भएको जनाएको छ। जसको कारण देशको अर्थतन्त्र पनि श्रीलङ्काको बाटोमा जाने प्रबल खतरा बढेको महासंघले जनाएको छ  । 

विश्वव्यापी रुपमा छाएको आर्थिक मन्दी र मानव जातिकै अस्तित्व संकटमा पार्ने कोभिड–१९ को संक्रमण प्रकोपको कारण जर्जर भएको अर्थतन्त्रले झनै असहज र अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको महासंघले उल्लेख गरेको छ ।  

महासंघले अर्थतन्त सुधारको लागि निम्न माग समेत अघि सारेको छ  ।

–बैक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरियोस् । 

–स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरियोस् । 

–सबल र समुन्नत राष्ट्र निर्माणका लागि उत्पादन क्षेत्रमा लगानीको वातावरण निर्माण गरियोस् । 

–स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गर्ने उद्योगको विकासका निम्ति विशेष पहल गरियोस् । 

–उत्पादनमूलक उद्योगलाई न्युन व्याजदरमा बैकहरुले लगानी गर्ने वातावरण बनाइयोस् । 

–उत्पादनका निम्ति प्रयोग हुने कच्चा पदार्थको भन्सारमूल्य न्यूनभन्दा न्यून गरी आयत गर्ने वातावरण निर्माण गरियोस् । 

–व्यवसायमा लगाइदै आएको दोहोरो कर प्रणालीलाई खारेज गरियोस् । 

–महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुले सडक पेटीमा व्यवसाय गरेर बसेका स–साना व्यवसायीहरुलाई उचित स्थानको व्यवस्था नगरी विस्थापित नगरियोस् । 

–कृषि क्षेत्रमा उत्पादनको आधारमा अनुदान कार्यक्रमको व्यवस्था गरियोस् । 

–सुद्खोरी व्यवसायको अन्त्य गरी उत्पादनमूलक व्यवसायको विकास गरियोस् । 

–युवापंक्तिलाई व्यवसायमा आकर्षित गरी व्यवसायमा सहभागी हुने परिस्थिति निर्माणसहित विदेश पलायन हुनबाट रोक्ने वातावरण तयार गरियोस् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved