नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छः मन्त्री राई

रासस

रासस

Jan 07, 2023 | 01:57:36 PM मा प्रकाशित

laxmi  sunrise bank

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताए।

“हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, उनले भने।

मन्त्री राईले मुलुक धनी बनाउने जिम्मा सबैको भएकाले सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रहसमेत गरे। गरिब देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

आन्तरिक राजस्व कार्यालय न्यूरोडका प्रमुख शशि भट्टले व्यापार सङ्घले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताए। उनले बजारमा चोरीपैठारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई कडाइ गरेको बताए। कानुनी दायरामा रहेर व्यापार गर्न उनले व्यापारीलाई आग्रह गरे। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved