'बैंकिङ आतंक बन्द गर्' भन्दै व्यवसायीद्वारा काठमाडौँमा प्रदर्शन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 12:12:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका व्यवसायीहरुले आज सोमबार सरकार विरुद्ध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ,  नेपा कम्प्लेक्स व्यापार संघलगायतले काठमाडौँको बानेश्वर, विशालबजार, न्यूरोडबाट विरोध र्याली निकाल्दै माइतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

व्यवसायीप्रति सरकारको विभेद एबं बैंक तथा  वित्तीय संस्थाको आतंक विरुद्ध प्रदर्शन गरेको उनीहरुले बताएका छन् । उनीहरुले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा ! , गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व प्रेम आचार्यका माग सम्बोधन गर , व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गरलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

No description available.

No description available.No description available.No description available.

No description available.

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved