महासंघ बागमती प्रदेश र जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँद्वारा गोंगबुका व्यवसायीलाई क्षतिपुर्ति दिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 05:28:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको गोंगबुस्थित लोत्से मलको मोबाइल पसलहरु तोडफोड चोरी भएको विषयमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँले ध्यानाकर्षण भएको जनाएका छन् । 

आज छुट्टा छुट्टै विज्ञप्ति जारी गरी उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँले घटनाको छानबिन गरी निर्वाध रुपमा ब्यापार व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन् । 

महासंघ बागमती प्रदेश र जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँले उक्त घटनाबाट व्यवसायीहरुले गुमाएको सम्पत्तिको क्षतिपुर्ति दिलाउन पनि माग गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved