आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छः अध्यक्ष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2024 | 02:21:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताएका छन् । शुक्रवार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले मुलुकलाई अहिलेको आर्थिक अवस्थाबाट बाहिर ल्याउन र जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न सबै राजनीतिक दलहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको बताएका हुन् । 

यसका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उनले बताएका छन् । अध्यक्ष ढकालले राखेको उक्त प्रस्तावमा पूर्व प्रधानमन्त्रीहरूले समेत सहमति व्यक्त गरेको स्मरण गरेका छन् । 

अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि यसै अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरुको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । 

अध्यक्ष ढकालले पर्यटकहरुको लागि आवश्यक पूर्वाधारहरुको विकास गर्न सके मात्र पर्यटक आगमनको अहिलको अवस्थामा गुणात्मक रुपमा परिवर्तन ल्याउन सकिने बताए । उनले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको पनि बताएका छन् ।

अध्यक्ष ढकालले पर्यटन सुधारको लागि हिल स्टेशनको विकास गर्न जरुरी रहेको पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved