कुलमानले बिजुलीको मूल्य बढाउने तयारी गरेपछि उद्योगी असन्तुष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 03:50:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल दर बढाउने तयारी गरेपछि उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । परिसंघ कोशी प्रदेशले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिएको प्रति गम्भीर असहमति रहेको जनाएको छ ।

प्राधिकरणले बिगतमा अपनाएको दोहेरो नीतिका कारण उद्योग व्यवसाय क्षेत्रले दैनिक पटक पटक  लोडसेडिङ, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या भोग्दै आएको समेत परिसंघ कोशी प्रदेशले जनाएको छ । बिना कुनै जानकारी अहिले पनि अघोषित लोडसेडिङका कारण उद्योग व्यवसायमा हुने अचानक पावर कटले प्रोसेसिङमा रहेको कच्चा पदार्थको नेक्सानी यसले श्रमिक व्यवस्थापनमा कठिनाई भइरहेको जनाइएको छ ।

बैंकको ब्याजदर, कच्चा पदार्थको समस्या, विश्वभरी फैलिएको आर्थिक मन्दी र आर्थिक क्षेत्रका विविध कठिनाइका कारण उद्योग व्यवसाय सञ्चालन गर्न असजिलो भइरहेको अवस्थामा निजी क्षेत्रलाई थप भार पर्ने गरि विद्युत महशुल बढाउने कुरा जायज नहुने परिसंघ कोशी प्रदेशले जनाएको छ । उद्योग सञ्चालनको पहिलो र मुख्य स्रोतका रुपमा रहेको विद्युत अहले पनि महँगो मुल्य तिरेर आफूहरुले खपत गरिरहेको अवस्थामा बिजुलीको थप भाउ बढाउँदा उद्योगले थाम्न नसक्ने र औद्योगिक क्षेत्र तहसनहस र धराशायी हुने परिसंघको चिन्ता छ ।

‘हाल उपभोग गर्दै आएको विद्युतको महशुल दर अन्य मुलुकको दाँजोमा तुलनात्मक रुपमा बढी नै रहेको अवस्थामा अब फेरि विद्युत महशुल वृद्धि गर्दा त्यसको असर वस्तुको उत्पादन मूल्यमा पर्न गई आम उपभोक्तामा महँगीको मारमा पर्ने यथार्थलाइ समेत मध्यनजर गरी सर्वसाधारणको दैनिक जीवनसँग सम्वन्ध राख्ने विद्युत महशुलमा कुनै प्रकारको वृद्धि नगर्न नेपाल उद्योग परिसंघ कोशी प्रदेश सम्बीन्धत निकायको ध्यानाकर्षण गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved