महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 07:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् ।

आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराएका छन्। आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् ।

यसअघि दुइ कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासंघमा रोजगारदाता परिषदको उप सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved