घरेलु महासंघले बैशाख २६ देखि अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 12:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु तथा साना उद्योग महासंघले बैशाख २६ देखि ३० गतेसम्म अन्तराष्ट्रिय औद्योगिक ब्यापार मेला र घरेलु उद्योग महोत्सव आयोजना गर्ने भएको छ । महासंघले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको १७औँ संस्करण बैहशाख २६ देखि ३० गतेसम्म आयोजना गर्न लागेको हो ।

महासंघका अनुसार १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ भृकुटीमण्डपमा आयोजना हुँदैछ । मेलामा देश तथा विदेशका औद्योगिक उत्पादनहरुको प्रदर्शनी हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved