१० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्दै महासंघ, सर्वसाधारणले समेत लगानी गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 04:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले अगुवाइ गरेर ‘इन्भेष्टमेन्ट कम्पनी’ खोल्ने भएको छ । महासंघले देशैभरका उद्यमी व्यवसायीहरुले लगानी गर्न सक्ने गरि १० अर्बको इन्भेष्टमेन्ट कम्पनी खोल्ने भएको हो । 

वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभाको उद्घाटनका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको अगुवाइमा इन्भेष्टमेन्ट कम्पनी खोल्न लागिएको बताएका हुन् । उनका अनुसार उक्त कम्पनीले विभिन्न परियोजनामा लगानी गर्नेछ । 

१० अर्ब रुपैयाँको यो कम्पनीमा महासंघका सदस्य बाहेकका उद्योगी व्यवसायीले पनि लगानी गर्न सक्ने बताइएको छ । कम्पनी सञ्चालनमा आएपछि सर्वसाधारण नागरिकमा समेत प्राथमिक शेयर निष्काशन गर्ने गरि अहिले महासंघमा यसको अवधारणाको काम भइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved