सुरु भयो २५ औँ फ्लोरा एक्स्पो, फूल सम्बन्धि सबै सामानहरु एकै ठाउँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2024 | 12:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो  बिहिबारबाट सुरु भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सञ्चालन भएको सो मेला ४ गतेसम्म  चल्ने फ्तोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले जानकारी दिएका हुन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा यो मेला सञ्चालन भएको पनि उनले बताएका छन् ।  मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

संयोजन पन्तका अनुसार मेलामा जम्मा ७३ ओटा स्टलहरु रहेका छन् । जसमध्ये व्यावसायिक स्टल ६०, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनीका लागि एउटा स्टल र फुड स्टल रहेका छन् । मेलामा फुल सम्बन्धि सम्पुर्ण  सामाग्रिहरु पाईने भएकाले अवलोकनकर्ताले यस मेला भ्रमण गर्न जरुरी रहेको पनि उनले बताएका छन् । “खरिदकर्ताले फूल सम्बन्धि सामान किन्न विभिन्न पसलहरु धाउनु पर्छ । मेलामा फूल सम्बन्धि सबै सामानहरु एकै ठाउँमा पाउने भएकाले यो मेला गर्ने गरेका छौँ,” उनले भने । 

एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब १ करोड रुपैयाँ बराबरको व्यावसायिक कारोबार हुने संयोजक पक्षले अपेक्षा गरेका छन् । 

एक्स्पोमा सामन खरिद गर्न भन्दा पनि धेरै मानिसहरु अध्ययन गर्न पनि आउने गरेको उनको भनाई छ । प्रत्यक वर्ष व्यवसायीहरुले नयाँ नयाँ प्रजातीका विरुवाहरु भित्राउने भएकाले हरेक वर्ष अवलोकन कर्ताले मेलामा फरक द्धश्य देख्न पाउने पनि उनले जानकारी दिए । जाडो महिना सकिएर गर्मी महिना लाग्ने समयमा नै सबै प्रकारका फूलहरु फुल्ने भएकाले यो समयमा एक्स्पो गर्न लागिएको पनि उनले बताए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved