रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध, यस्तो छ नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 10:42:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा किसान सुनार निर्विरोध निर्वाचित भएका छन् । महासंघको १०औँ वार्षिक साधारणसभा तथा अधिवेशनले अध्यक्षमा सुनारलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

महासंघको प्रथम उपाध्यक्षमा द्वारिका विश्वकर्मा निर्विरोध निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा सुधिर अग्रवाल चयन भएका छन् । तृतीय उपाध्यक्षमा प्रेम बहादुर विश्वकर्मा निर्वाचनमार्फत चुनिएका छन् । 

महासचिवमा विमल धमला निर्वाचित भएका छन् । उनले टंकबहादुर बराइलीलाई पराजित गरेका छन् ।

सचिवमा द्वयमा केशर बहादुर बि.क. र पृथ्वी विश्वकर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा गणेश प्रसाद विश्वकर्मा र सहकोषाध्यक्षमा दिपक धानुके निर्वाचित भएका छन् । 

सदस्यहरुमा ज्योतिबहादुर बि.क., भुपेन बि.क., उमेश गहतराज, कुमार विश्वकर्मा, जगत बहादुर सुनार, राजेन्द्र विश्वकर्मा र केशब बहादुर सुनार निर्वाचित भएका छन् । यस्तै, शोम बहादुर बि.क., कमल प्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सुर्य कुमार बराल, सुरत बहादुर सुनार र हेमसागर गहतराज पनि सदस्यमा निर्वाचित भएका छन् । उमेश प्रसाद शाह, निरन्जन कुमार शाह, प्रेम कुमार स्वर्णकार र विद्यासागर ताम्राकार पनि सदस्यमा निर्वाचित भएका छन् । 

महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल र लोप्साङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।

७ प्रदेशबाट एक एक पदेन सदस्य रहने प्रावधान अनुसार कर्णाली प्रदेशबाट देवी कृष्ण पाण्डे र गण्डकी प्रदेशबाट रामबहादुर बि.क. सदस्य चयन भएका छन् । बाँकी ५ प्रदेशबाट सदस्य चुनिन बाँकी छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved