इन्भेस्टमेन्ट बैंकमा गाभिन लागेको जेबिल्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 04:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

जेबिल्स फाइनान्स Jebils Finance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १.७४प्रतिशत् बोनस र ५ लाख २८ हजार २९ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

तर उक्त बोनस कम्पनीले निष्काशन गरेको ४० प्रतिशत हकप्रदले समेत पाउने भएकाले सो लाई समेत समायोजन गर्दा बोनस दर १.२४ प्रतिशत हुने कम्पनीले जनाएको छ । जस अनुसार कम्पनीले १ करोड ३२ हजार ५ सय ६१ बराबरको बोनस र ५ लाख २८ हजार २९ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 

फाइनान्सलाई नेपाल इन्भेस्टमेन्टले एक्वायर गर्ने सम्झौता गरिसकेको छ । हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड ९९ लाख रहेको छ भने जेविल्सकाे ८३ करोड ८० लाख रुपैयाँ रहेकाे छ।




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved