तेह्रथुम पावरको आईपिओमा आवेदन दिने केन्द्र थपियो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 23, 2021 | 09:05:13 AM मा प्रकाशित

mega bank

तेह्रथुम पावर कम्पनीले आईपिओ भर्नको लागि संकलन केन्द्र थप गरेको छ । बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज साउन ८ देखि लागु हुने गरि तेह्रथुममा रहेको शप्तकोशी डेभलपमेन्ट बैंकको बसन्तपुर शाखाबाट आवेदन दिन सकिने ब्यबस्था गरेको हो । 

यी बाहेक माछापुच्छ्रे बैंकको हिले शाखा, नेपाल बंगलादेश बैंकको संक्रान्ति, फेदाप, छथर, सिधुवा, साँगुरीगढी, र राजारानी शाखा, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, जलविद्युत आयोजनाको आयोजना स्थल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । 

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  । 

यस शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो।  आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि  सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुने छ।  

कम्पनीले ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved