न्यादी हाइड्रोको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 05:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओमा तेस्रो दिनसम्ममा १८ लाख ९३ हजार ९ सय ५७ जनाले आवेदन दिएका छन्  । आज साँझसम्म यी आवेदकले २ करोड ४० लाख ८९ हजार ९ सय ४० कित्ताको लागि आवेदन परेको हो  । यो माग भन्दा ११.५१ गुणा बढी हो । 

 कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ  बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्। 

शेयर निष्काशनको लागि  ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा सर्बसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved