प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिन्छ ईमर्जिङ नेपाल लिमिटेडको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 04:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ईमर्जिङ नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईसी एसिया क्यापिटलले मंगलबार आईपिओको प्रि अलोटमेन्ट सकेर आज बुधबार शेयर बाँडफाँड गरेको हो। 

आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख हजार ७ सय ६ जना कायम भएको छ । 

योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको छ । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन्। 

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार  बिकी प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । 

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved