अपर सोलु हाइड्रोले बैशाख २२ गतेदेखि आयोजना प्रभावित लाई आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 08:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित लाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी,  टाप्टिंग र तिङ्गला गाविसका सम्पूर्ण वडाको लागि शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले यी क्षेत्रका स्थानीयलाई १३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ५ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीयलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।  नेपाल धितोपत्र  बोर्डले हिजो बैशाख ७ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्काशनको गर्ने छ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved