रिभर फल्स पावरको आईपिओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 11:01:20 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार  निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

कम्पनीले २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो  । जसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएको छ ।  यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

यो आइपिओमा २०७९ जेष्ठ ०४ गते बुधबारसम्म आवेदन दिन सकिने छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved