प्रश्नले घेरिए सर्वोत्तम सिमेन्टका सीईओ र अध्यक्ष, के दिए जवाफ ? (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 09:28:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्टले आयोजना गरेको रोड सो कार्यक्रममा योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) ले कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई प्रश्नै प्रश्न गरेका छन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो ।

कार्यक्रममा अधिकांश योग्य संस्थागत लगानीकर्ताहरुको उपस्थिति थियो । उनीहरुले कम्पनीको आर्थिक अवस्था, ब्यापार योजना, भावी रणनीति, आईपिओ जारी गर्नुको उदेश्य, यस अघि देखिएका विवादका विषयमा प्रश्न गरेका थिए ।

यस्ता थिए योग्य संस्थागत लगानीकर्ताले कम्पनीका सीइओ र अध्यक्षलाई सोधेको प्रश्नहरु: 

अहिले भएकै फ्याक्ट्रीहरुले क्षमताभन्दा कम उत्पदन गरिरहेको बेलामा  किन अर्को फ्याक्ट्री खोल्न लागेको हो ? 

कम्पनीको फ्याक्ट्री वरपरका स्थानीयले प्रदुषणबारे कतिको गुनासो गर्ने गरेका छन् ? प्रदुषण कम गर्न के के गरिएको छ ? 

कम्पनीको सहयाक कम्पनीहरु कुन कुन हुन् ? कुनमा कति कति लगानी छ ?

आईपिओमा उठेको रकमले किन फेरि अर्को सहायक कम्पनी खोल्न लागिएको हो ?

प्रक्षेपण गरिएको वित्तीय विवरणमा करको प्रोभिजन देखिदैन , कारण के हो ?

एनएफआरएस अनुसार किन विवरण ननिकालेको ?

कम्पनीले कुन कुन कम्पनीलाई चुनढुंगा बेच्छ ?

जगदम्बाको फ्याक्ट्रीबाट किन सर्वोत्तमको सिमेन्ट उत्पादन गर्न लागिएको हो ?

जगदम्बामा र सर्वोत्तममा  एकै व्यक्ति र समुहको समान लगानी हुँदा स्वार्थ बाझिने हुन्छ कि हुदैन ?

नेपालको सिमेन्ट भन्दा भारतीय सिमेन्ट सस्तो भएकोले सिमेन्ट निर्यातको वास्तविक सम्भावना कति छ ?

अहिले भईरहेको खानीले कति वर्षलाई पुग्छ ?

बुक विल्डिंङ विवाद आउँदा बिक्रि प्रबन्धक परिवर्तन गरेर राम्रो संदेश दिन सकिन्थ्यो , किन परिवर्तन नगरेको ?


त्यस्तै कार्यक्रममा शेयर लगानीकर्ता रामनाथ यादवले कम्पनीको ईपीएस कहिले १०० रुपैयाँ पुग्छ र किन १० कित्ताको लागि आवेदन दिने सकिने ब्यबस्था हटाएको भनी सोधेका थिए । योग्य संस्थागत लगानीकर्ताले सोधेको प्रश्नको मात्र उत्तर दिने भन्दै कम्पनीको यादवको प्रश्नको उत्तर भने दिएन । 

भिडियोमा हेर्नुस अन्य प्रश्नहरुको उत्तर : 

भिडियो १ : योग्य संस्थागत लगानीकर्ताको प्रश्नमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले दिएका उत्तर 




भिडियो २: योग्य संस्थागत लगानीकर्ताको प्रश्नमा कम्पनीकाअध्यक्ष विष्णु कुमार न्यौपानेले दिएका उत्तर 




Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved