बुधबार नेप्सेको बोर्ड बैठक, नयाँ ब्रोकरलाई कारोबार संचालन अनुमति दिने एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 02:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठक बस्ने भएको छ । यस अघि नेप्सेले एलओआई प्रदान गरेका ब्रोकर कम्पनीलाई उक्त बैठकले कारोबार संचालनको लागि अनुमति दिन सक्ने सम्भावना रहेको छ । 

 नेप्सेले पहिलो चरणमा ७ कम्पनीलाई आशय्पत्र प्रदान गरेको थियो ।  पहिलो चरणमा आशयपत्र पाउनेमा  भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका थिए। यी कम्पनीले जेठ ८ मा धितोपत्र बोर्डबाट लाईसेन्स पाएका थिए । नेप्सेको बुधबार बस्ने संचालक समितिको बैठकले यी मध्ये पूर्वाधार तयारी अवस्थामा पुर्याएका कम्पनीलाई कारोबार संचालनको लागि अनुमति दिने छ ।  

  नेप्सेबाट अनुमति पाएपछि ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता पनि लिनु पर्ने हुन्छ। त्यसपछि बल्ल ब्रोकरहरुले कारोबार गर्न सक्ने छन् ।  

नेप्सेले नयाँ ब्रोकरहरुलाई ६१ नम्बरदेखि सुरु हुने गरि सदस्यता नम्बर प्रदान गर्ने छ ।  हालसम्म ६० नम्बरसम्म ब्रोकरलाई सदस्यता नम्बर प्रदान गरिसकिएकोले अब क्रम अनुसार नै नयाँ ब्रोकरलाई ६१ नम्बरदेखिको सदस्यता नम्बर प्रदान गर्ने तयारी नेप्सेले गरेको हो । 

नेप्सेले केहि समय अघि मात्र नागरिक स्टक डिलरलाई ब्रोकर नम्बर ६० को रुपमा सदस्यता प्रदान गरेको थियो । अब त्यसपछि अनुमति पाउने ब्रोकरले ६१ नम्बरको सदस्यता पाउने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकरी दिए ।

नेप्सेले गत शुक्रबारमात्र थप १० ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । धितोपत्र बोर्डबाट जेठ २२ गते लाईसेन्स पाएका ११ ब्रोकर मध्ये १० वटाले नेप्सेमा आवेदन दिएकोमा नेप्सेले सबैलाई आशयपत्र दिएको हो । 

नेप्सेले  एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि,  माछापुच्छ्रे, सेक्युरिटिज लि., कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिजलाई आशयपत्र प्रदान गरेको हो । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी अर्थात् स्टक डिलर हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved