नयाँ ब्रोकरलाई सदस्यता दिने नेप्सेको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2023 | 06:45:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । आज बसेको नेप्सेको संचालक समितिको बैठकले नयाँ ब्रोकरहरुलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटीलाई जानकारी दिए ।

तोकिएको मापदण्ड पुर्याएका सबै ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गर्ने निर्णय संचालक समितिले गरेको प्रवक्ता पराजुलीले बताए । नेप्सेको संचालक समितिले निर्णय गरेसंगे अब नेप्सेको व्यवस्थापनले नै मापदण्ड पुगेका सबैलाई ब्रोकरलाई सदस्यता प्रदान गर्ने बाटो खुलेको छ ।

यस संगै अब नेप्सेबाट ब्रोकरहरुले सदस्यता लिन सक्ने छन् । नेप्सेले आफ्नो सिस्टमसंग ब्रोकरको सिस्टम कनेक्ट गराउने छ । त्यसपछि ब्रोकरहरुले सिडीएसबाट राफसाफ सदस्यता लिनु पर्ने छ । सिडीएसबाट पनि सदस्यता लिएपछि नयाँ ब्रोकरहरुले कारोबार गर्न सक्ने छन् ।

हालसम्म धितोपत्र बोर्डले १८ कम्पनीलाई ब्रोकर लाईसेन्स प्रदान गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स प्रदान गरेको थियो । जेठ ८ मा लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् । 

त्यस्तै धितोपत्र बोर्डले दोस्रो चरणमा ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ ।  जेठ २२ गते ११ कम्पनीले लाईसेन्स पाएका हुन्।   दोस्रो चरणमा लाइसेन्स पाउनेमा एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि, इन्डेक्स सेक्यूरिटिज लि., शुभकामना सेक्यूरिटिज प्रा. लि., मेघा स्टक मार्केट्स लि., हातेमालो फाइनान्सियल सर्भिसेस प्रा. लि, मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि., , माछापुच्छ्रे, सेक्युरिटिज लि. ,  के.वि. एल. सेक्यूरिटिज लि, कलश स्टक मार्केट प्रा. लि, र नबिल सेक्युरिटिज लि रहेका छन् । यी मध्ये नबिल सेक्युरिटिज धितोपत्र ब्यापारी अर्थात् स्टक डिलर हो । 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved