विधिवतरुपमा आशा लघुवित्तको कारोबार सुरु, छिट्टै आइपीओ जारी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2016 | 02:45:33 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको आशा लघुवित्त वित्तीय संस्था नुवाकोटको जुरेथुममा संचालनमा आएको छ।  ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उदेश्यले संचालनमा आएको उक्त लघुवित्त संस्थाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका हुन् । 

उद्घघाटनको अवसरमा गभर्नर नेपालले स्थानीयहरुलाई रोजगारी सिर्जना गर्ने गरी आफ्नै ब्यवसाय संचालन गर्न सुझाए। गभर्नर नेपालले स्थानीय उपस्थित स्थानीय युवाहरुलाई विदेशमा गएर महिनाको १२,१५ हजार कमाउन भन्दा आफै मालिक भएर स्वदेशमा ब्यवसायको अवसर खोज्न आग्रह गरे। 

सो अवसरमा लघुवित्तका अध्यक्ष राम बहादुर पाण्डेले लघुवित्तले नेपालको आर्थिक विकासका लागी उल्लेखनीय योगदान पुर्याउने बताए। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नुवाकोटमा मुख्य कार्यालय राखी कारोबार संचालनमा ल्याएको हो। देशको ग्रामिण तथा बिकट क्षेत्रमा शाखा कार्यालय स्थापना गरी कारोबार विस्तार गर्ने लघुवित्तको योजना रहेको बताइएको छ।  

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थामा संस्थापक समूहको ७ करोड लगानी रहेको छ। लघुवित्तले सर्वसाधारणको लागी बाँकी ३ करोड रुपैयाँको  साधारण सेयर जारी गर्ने छ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved