एकै दिन ४ सयले बढ्यो सुन, यस्ता छन् बढ्नुका ३ कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 09:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलार  सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५९ हजार  ९ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ४ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भईरहेको छ  । त्यस्तै तेजावी सुन प्रति तोला ५९  हजार  ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ९५  रुपियाँमा कारोबार भई रहेको छ ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज मंगलबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ८   सय ४०  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजार ६  सय ८५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७    रुपियाँ ५० पैसा  रहेको छ ।  

किन बढ्दै छ सुनको मूल्य ?

१. अन्तराष्ट्रिय मुद्रा

युरोपियन युनियनबाट ब्रिटेन बहिरिंदा पाउण्डमा परेको असरका नेपालमा सुनको मूल्य बढ्न थालेको थियो  ।  अहिले भने डलर कम्जोर हुँदा सुनको मूल्य बढेको नेपाल सुन चाँदी ब्यबसायी महासंघका   निवर्तमान अध्यक्ष तेज रत्न शाक्यले बताए। 

२. बढ्दो माग 

महिलाहरुको चाड तिज र चाड पर्व नजिकिदै गर्दा सुनको माग बढेको र माग बढेसंगै मूल्य पनि बढेको शाक्य बताउछन् । माग बढे पनि गत बर्षको जस्तो नभएको उनको भनाई छ । बिगतमा यस सिजनमा दैनिक ६० किलो माग हुने गरेकोमा यस बर्ष भने १०-१५ किलो मात्र माग रहेको उनले जानकारी दिए । माग ४० किलो सम्म पुग्ने उनको अनुमान छ । 

३. अमेरिकी ब्याजदर

अमेरिकी बैंकले आगामी महिना ब्याजदर बढाउने चर्चा चलेको छ तर सम्भावना भने एकदम कम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यदि बैंकले ब्याजदर घटाएमा बिस्तारै सुनको मूल्य घट्ने तर बैंकले ब्याजदर नबढाए सुनको मूल्य बढ्ने क्रम जारी रहेको शाक्यले बताए   ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved