पञ्चकन्या समुहद्वारा वातावरण संरक्षण अभियान शुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2016 | 02:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

पन्चकन्या समूहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण अभियान शुरु गरेको छ। कम्पनीले वृक्षरोपण,गोडमेला तथा सरसफाई गरेर वातावरण प्रवद्र्धनको काम गरेको हो। 

ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, कान्टछाँटकाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेर अभियान शुरु गरेको हो। 

वातावरण बिनाशलाई केहि भएपनि कम गर्नका लागी यो अभियान शुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ललितपुर् उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा सो क्षेत्रहरुमा विरुवा रोपेको हो भने ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह समेत हुँदै आएको छ । कार्यक्रममा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको बताइएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved