राजेश काजी श्रेष्ठको अध्यक्षतामा नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2016 | 04:15:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन उद्योग वाणिज्य संघले नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ। चीन सरकारले अघि सारेकोे सिल्क रोड पुनः सुचारु गरी वन बेल्ट वन रोडको अवधारणालाई सहजीकरण गर्न डा. राजेश काजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । 

परिषदमाको सदस्यमा त्रिभुवनधर तुलाधर, विनोद बहादुर श्रेष्ठ, सुरेन्द्र वीर मालाकार, रण बहादुर श्रेष्ठ, राजेन्द्र मल्ल, उपेन्द्र पौड्याल, प्रसिद्ध बहादुर पाण्डे, किरण प्रकाश शाखः, अर्जुन प्रसाद शर्मा, उमेश लाल श्रेष्ठ, आर.वी. रौनियार, प्रकाश सिंह कार्की, विष्णु खत्री, डा. हसिश चन्द्र शाह, संजय अग्रवाल र जियाङ सिं पिङ रहेका छन् ।

नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषदले सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडी बढाउने जनाएको छ।  

सिल्क रोडमा एसिया, गल्फ तथा युरोपका राष्ट्रहरु समेत समावेश भई विकासका अवधारणाहरु अगाडी बढाउने बताइएको छ। यसले  यातायत संजाल, रेल, समुन्द्री मार्गबाट जोड्नुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदी क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हाँसिल गर्ने बिश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved