‘महरा इतिहासकै डरपोक सभामुख’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 04:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै कमजोर सभामुख भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महरा डराएको उनको आरोप छ ।

‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ । मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले गरेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले निम्छरो प्रश्नको उत्तर नदिने भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सभामुख महरालाई सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो ।

‘धेरै सभामुख भए,’ बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा देउवाले भने, ‘तर सभामुख महराले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर निरिहता प्रकट गरे ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved