अस्ट्रेलियामा बैंकर रहेकी श्रेष्ठले जितिन मिस नेपालको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 10:23:25 AM मा प्रकाशित

laxmi  sunrise bank

यस बर्षको मिस नेपाल वल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहिबार भएको भएको प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन्। कार्यक्रमका मुख्य निर्णायक इला शर्माले ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् । जसमा श्रेष्ठले  दिएको उत्तर उत्कृष्ट ठहरिएको हो। श्रेष्ठलाई सन् २०१८ को उपाधि विजेता श्रृङ्खला खतिवडाले ताज पहिराइदिएकी थिइन्। 

बिजेता श्रेष्ठ मिस नेपाल प्रतियोगिताकै लागि केही समय अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । मिस नेपालमा सहभागी हुन नेपाल आउनुअघि उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन्।  

यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

कसलाई कुन उपाधि ?

१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी

२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३. मिस ग्ल्यामरः रोज लामा

४. मिस फोटोजेनिकः रोज लामा

५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ

६. मिस न्याचुरल स्किनः जेनी महर्जन

७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी

८. मिस कन्फिडेन्टः निशा पाठक

९. मिस पपलुर च्वाइसः रिया बस्नेत

१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved