यस्ता छन् आगामी बजेटका प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 03:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभामा वैशाख २९ गते प्रि बजेट छलफल सुरु हुने भएको छ । बिहिबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले “आर्थिक वर्ष २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेपछि प्रि बजेट छलफलको मिति तय भएको हो ।

प्रस्ताव पेश गर्दै मन्त्री खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता खाकाभित्र रहेर बजेट तर्जुमा गरिने जानकारी गराउँदै छलफलमा उठेका विषयवस्तुलाई बजेटको मार्ग दर्शनका रुपमा लिने बताए । अर्थमन्त्री डा खतिवडाले संवैधानिक व्यवस्था अनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको उल्लेख गरे ।

उनले आगामी आवको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताए । अर्थमन्त्री खतिवडाले बजेटमा आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षार नेपाल’ घोषणा तर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त बस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने, आगामी आवलाई युवा परिचालन वर्षका रुपमा लिइनेलगायतका प्राथमिकता रहेको अवगत गराए । 

राष्ट्रिय सभामा पनि अर्थमन्त्री खतिवडाले सोहि प्रस्ताव पेश गरेका छन ।  प्रस्ताव पेश गर्दै मन्त्री खतिवडाले संवैधानिक व्यवस्थाअनुसार नागरिकका मौलिक हक र अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको बताए ।

उनले आगामी वर्षको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने उल्लेख गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved