२३ औं पटक सगरमाथा चढेर कामिरिता शेर्पाको नयाँ बिश्व किर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 10:12:46 AM मा प्रकाशित

laxmi  sunrise bank

‍कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन्। सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्। "कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७:५० बजे सगरमाथाको शिखरमा पुगेका छन्," आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्। उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै 'यो राष्ट्रकै गौरवको कुरा' भएको बताएका छन्।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। 

"सक्न त अक्सिजनको सहायतामा म ६० वर्षसम्म पनि हिमाल चढ्न सक्छु। तर एउटा बिन्दुमा पुगेर रोकिनुपर्छ," उनको भनाइ छ। "कम्तीमा २५ पटक चढेँ भने मैले रजत महोत्सव मनाउन सक्छु।"एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षिय ङिमा नुरु शेर्पा अझै सक्रिय छन्। ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन्।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved