हेटौडामा दुई बस जुध्दा चालकको मृत्यु, दर्जनौ घाईते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 12:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । 

काठमाडौँबाट जनकपुर हिडेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा काठमाडौँ आउँदै गरेको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।    

अर्का बसको चालक भने फरार छन् । गम्भीर घाइते तीन जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइतेको हेटौँडामै उपचार भइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved