उद्योगीले विद्युत प्राधिकरणलाई ९ अर्ब बुझाउन बाँकि, कहाँ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 04:50:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत सेवा लिएका ग्राहकबाट ९ अर्ब बढी बक्यौता रकम उठाउन बाँकी रहेको छ । प्राधिकरणले देशभरबाट नौ अर्ब नौ करोड ४० लाख ४६ हजार बराबरको बक्यौता रकम उठाउन बाँकी रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका हुन । 

घिसिङका अनुसार, कूल २३९ डेडिकेटेड र ६९ ट्रङ्क लाइनबाट हालसम्म २३  अर्ब ५५ करोड ७६ लाख ४४ हजार बराबरको महसुल उठेको छ । प्राधिकरणले उद्योग तथा प्रतिष्ठानलाई पठाएको महसुलको भने ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार रहेको छ । यसैगरी विराटनगर क्षेत्रमा १४ डेडिकेटेड  र पाँच ट्रङ्क लाइनको मात्रै एक अर्ब छ करोड ५७ लाख ८८ हजार, जनकपुर क्षेत्रमा १० डेडिकेटेड र तीन ट्रङ्क लाइनको एक अर्ब नौ करोड १५ लाख ९७ हजार महसुल उठ्न बाँकी छ । 

साथै हेटौंडा क्षेत्रमा कूल २८ डेडिकेटेड  र ११ ट्रङ्क लाइनबाट चार अर्ब ३२ करोड ३९ लाख ५५ हजार, काठमाडौँमा १७६ डेडिकेटेड र तीन ट्रङ्क लाइनको १८ करोड ९१ लाख ६९ हजार रहेको छ । बुटवल क्षेत्रमा एक डेडिकेटेड २८ ट्रङ्क लाइनको एक अर्ब ३८ करोड ८८ लाख १९ हजार, पोखरा क्षेत्रमा तीन डेडिकेटेड र नौ ट्रङ्क लाइनको भने पछिल्लो जानकारी प्राप्त नभएको उनले बताए । 

त्यस्तै नेपालगन्ज क्षेत्रमा  सात डेडिकेटेड र दुई ट्रङ्क लाइनको एक अर्ब तीन करोड २३ लाख २८ हजार र अत्तरिया क्षेत्रको आठ ट्रङ्क लाइनको २३ लाख ८६ हजार बराबरको बक्यौता असुल गर्न बाँकी छ । मुख्य प्रसारण लाइनबाट कुनै पनि अवरोध नहुने गरी विद्युत् लिने ग्राहकले ट्रङ्क लाइन प्रयोग गरेका छन् । 

प्राधिकरणको सबस्टेशनबाट प्राधिकरण आफैले बनाएको, उद्योगी आफले बनाएका वा सिमेन्ट उद्योग लगायतलाई उद्योग मन्त्रालयले बनाइदिएका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहक डेडिकेटेड ग्राहकका रुपमा छन् । उद्योगी–व्यवसायी सर्वोच्च र उच्च अदालत गएका कारण बक्यौता उठाउन समस्या परेको प्राधिकरणको भनाइ छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved