सन्दिप लामिछानेको कमाल: १० ओभरमा ५ मेडन ५ विकेट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 12, 2018 | 02:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली युवा बलर सन्दिप लामिछानेले नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको चौथो खेलमा केन्य बिरुद्द उत्कृष्ट बलिंग गरेका छन। 

लामिछानेले १० ओभरमा २० रन खर्चेर ५ विकेट लिएका छन। उनले १० मा ५ ओभर मेडन लिएका छन। ६० बलमा ५० बल डट फालेका लामिछानेले ब्याट्सम्यानलाई दौडेर २ रन मात्र लिन दिए। उनको बलिंगमा केन्या खेलाडीले २ चौका मात्र प्रहार गरे।    

निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले ८ ओभरको क्षतिमा १७७ रन जोडेको छ। केन्यालाई जित्न नेपालले १७८ रन ल्याउनुपर्नेछ। नेपालका लागि सन्दिप लामिछानेले ५ तथा सोम्पाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले समान १-१ विकेट लिए। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved