नेपाललाई बिश्वभरबाट बधाई, आयरल्याण्डले भन्यो- पहिलो टुर नेपालको टियु मैदानमा खेल्न आतुर छौ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 16, 2018 | 09:30:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले बिहिबार एक दिबशीय क्रिकेटको मान्यता पाएपछि नेपाललाई बिश्वभरबाट बधाईको आईरहेको छ । नेपाललाई बिश्वभरका क्रिकेट खेलाडीबाट बधाईको ओईरो आएको हो 

 नेपाललै बधाई दिनेमा अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कदेखि नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायकेसम्म रहेका छन्  । 

अहिले जिम्बाब्वे मै बिश्व कप छनौट खेलिरहेका आयरल्याण्डका अलराउन्डर केभिन ओ ब्रायनले पनि नेपाललाई बधाई दिएका छन्।  उनले नेपालको टियु मैदानमा भरिएका नेपाली समर्थकहरुको फोटो शेयर गर्दै पहिलो टुर नेपाल मै आएर त्यस्तै समर्थकको माझमा खेल आतुर रहेको बताएका छन् । आयरल्याण्डका लागि १२२ एक दिबशीय खेलिससेका उनी निकै अनुभवी खेलाडी हुन् । 

त्यस्तै नेपाललाई पाकिस्तानका लेजेण्डको रुपमा हेरिने इन्जामाम उल हकले पनि बधाई दिदै नेपालको उत्कृष्ट यात्रा गरेको भन्दै बधाई दिएका छन् । उनले पाकिस्तानको लागि ३७८ एक दिबशीय र १२० टेस्ट खेलेका छन् । 

यस्तै नेपाललाई हंगकंगका पुर्व खेलाडी टिम कटलरले पनि बधाई दिदै अबयसबाट नेपालले फाइदा लिदै नेपालको क्षमतको सदुपयोग गर्नु पर्ने बताएका छन्   । 

नेपाललाई टेस्ट खेल्ने देश अफगानीस्तान, बंगलादेशदेखि विभिन्न लिगहरुबाट समेत बधाईको ओईरो आएको छ  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved