आइसीसीको नयाँ वरीयता सार्वजनिक, नेपाल कति औँ स्थानमा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 04:40:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नयाँ ओडिआई वरीयता सार्वजनिक गरेको छ । नयाँ वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ । वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालभन्दा पछाडि २ राष्ट्र छन । युएई १५औँ र केही दिनअघि मात्र ओडिआई मान्यता पाएको पपुवा न्युगिनी १६औँ स्थानमा छ । 

गत माघमा नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २–१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो । नेपालको रेटिङ १९ छ ।  वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने दोस्रो स्थानमा भारत छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved