२४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

सीता बुढाथोकी

सीता बुढाथोकी

Oct 04, 2023 | 12:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल नेपालका २० देखि ३० वर्ष उमेर समुहका धेरै जसो युवायुवतीहरु विद्यार्थीको रुपमा अमेरिका, जापान, अष्ट्रेलिया जस्ता देशहरुमा जाने क्रम बढ्दो छ। नेपालमा अवसर नभएको भन्दै यो उमेरसमूहमा विदेशिने क्रम बाक्लो छ ।

एमएस ग्रुपकी चौथो पुस्ताको रुपमा चिनिने माल्भिका अग्रवाल भने विदेशमा  पाएको अवसर त्यागेर नेपाल मै उद्यम गर्दै सफल उद्यमी बन्ने लक्ष्य सहित कम गरिरहेकी छिन् । नेपालमा अवसर नै छैन भन्नेहरुलाई 'अवसर आफै बनाउनु पर्छ' भन्ने जवाफ उनले दिने गरेकी छिन् । 

माल्भिकाले पस्मिनाका उत्पादन बजारमा ल्याएर आफ्नै उद्यम संचालन गरिरहेकी छिन् ।  फेसन डिजाइनमा पहिचान बनाउने उद्देश्यले पस्मिनाको उत्पादन सुरू गरेको माल्भिका बताउँछिन् ।

माल्भिकाले आफू जन्मे हुर्केको माटोका उत्पादनलाई ‘ग्लोबल ब्राण्ड’का रुपमा विश्वबजार पुर्याउने योजनाका साथ  ‘बुनेको क्यास्मियर टेल्स’ सञ्चालन गरिरहेकी छिन्।  हाल ‘बुनेको क्यास्मियर टेल्स’मा ११ किसिमका कपडाहरु उपलब्ध छन् । 

उपभोक्ताले बुनेको क्यास्मियर सुन्ने बित्तिकै सल, स्कार्फ, गलबन्दी मात्र पाउने होला भनेर सोच्ने गरेको उनले बताइन् । “ उपभोक्ताले बुनेको क्यास्मियर सुन्ने बित्तिकै सल, स्कार्फ, गलबन्दी मात्र पाउने होला भनेर सोच्ने गरेका छन् । किनभने, यसबाट बनेका पूराना तथा क्लासिक कपड़ा यी नै हुन्” उनले प्रष्ट पार्दै भनिन्, “तर, ‘बुनेको क्यास्मियर टेल्स’ त्यतिमा मात्र सिमित नभएर  पस्मिनाको सारी, ट्युब टप्स, स्वेटर, वानपिसक, ट्युब टप्स र अन्य कपडाका उत्पादनहरु पनि ल्याएको छ ।”

माल्भिकाका अनुसार क्यास्मियर बहुमुखी हुनुका साथै यसले ग्राहकको आराम र स्टाइललाई पनि मध्य नजरमा राखेर काम गरिरहेको छ ।

२४ वर्षकी माल्भिका १ सय २२ वर्ष लामो व्यापारिक विरासत भएको व्यवसायिक घरानाको चौथो पुस्ता हुन् । उनका हजुरबुबाका बाबा मालिराम अग्रवालले पनि पहिला कपडाको व्यवसायबाटै आफ्नो व्यापार सुरु गरेका थिए । उनका हजुरबुबा शिभ कुमार अग्रवाल र बुबा सुमित कुमार अग्रवाल हुन् । यो व्यवसायमा माल्भिका चौथो पुस्ताका रुपमा चिनिन्छिन् । उनका बुबा सुमित अग्रवाल एमएस ग्रुपको कन्स्ट्रक्सन, हाउजिङलगायतका कारोबार सम्हालिरहेका छन् ।

सानै देखि फेसनमा इच्छा भएकी माल्भिकाले १२ कक्षा सम्मको पढाइ नेपालमा नै गरेर २०१७ सालमा उनी फेसन पढ्न बेलायत गईन् । “म नेपाललाई माया गर्छु, मलाई नेपालमै पढ्न मन थियो” उनले भनिन्, “तर, मेरो पढाइ फेसन सम्बन्धि भएकाले यसको बारेमा नेपालमा पढाई हुँदैन थियो । कति नेपालमा मात्र बस्ने विदेशको बारेमा पनि केहि बुँझेर बाहिरको ज्ञानलाई नेपालमै आएर केहि गरौ भनेर बाहिर जानु पर्यो ।” उनले बेलायलबाट नै फेसनमा ग्राजुयट गरेकी हुन् ।

फेसन मै थप उच्च शिक्षाका लागि उनी इटाली गइन् । इटालीको मिलानमा फेसनमा माष्टर्स तहको पढाइ सँग सँगै फेसनबारे ६–६ महिनाको तालिम पनि लिइन् । उनका अनुसार ‘बुनेको’को सुरुवात मास्टर्सको थेसिस गर्दा भएको हो । “मेरो थेसिस नेपालको क्यास्मियर ब्रान्ड र यसको विश्व बजारमा फैलिन सक्ने अवस्थाको बारेमा थियो,’ उनले भनिन्, ‘यसमा गहन अध्ययन, विश्लेषण गर्दै बजारको गतिशीलता, ब्रान्ड बेचबिखन हुनसक्ने महत्वपूर्ण ठाउँहरू, ब्रान्डको विश्वव्यापी फैलावटको सम्भावना लागि गरिनुपर्ने रणनीतिको बारेमा अध्ययन गरें।”

आफ्नो परिवारलाई पनि आफुले गर्न लागेको व्यवसायबारे बताईन् । परिवारका सबैजना धेरै खुसी भए । “सुरुमा लगानी गर्दा सबै लागेको खर्चहरु बुबाले नै हाल्दिनु भयो । जसलाई पनि सुरुवातमा त परिवारकै सहयोग चाहिन्छ । आफैँले त सुरुमा गर्न सकिदैन,” उनले भनिन् । 

इटाली डिजाइन र नेपालको नाम राख्दा राम्रो हुन्छ भनेर “बुनेको” नाम राखेको माल्भिकाले बताईन् । “मलाई जुन कम्पनी खोले पनि नेपाली नाम राख्न मन थियो । मेरो सबै डिजाइन इटालीको हो” उनले भनिन्, “यसलाई नेपालको नाम राख्दा दुईटा ठाउँको एउटै बस्तु भन्छ भनेर यो नाम राखेको हो । बुनेकोमा आफ्नो नेपाली पन झल्किने भएका कारण यो नाम उपयुक्त लाग्यो ।”

उनलाई बुनेको सम्म आईपुग्न ३ वर्ष लागेको थियो । ३ वर्ष सम्म उनले इटाली बाट नै नेपालको बजारबारे धेरै अध्ययन गरिन् । नेपालमा आएर क–कस्लाई भेट्नुपर्छ भनेर इटालीबाट नै सबैलाई एसएमएस गरेर समय मिलाएकी थिईन् । ‘बुनेको क्यास्मियर टेल्स’ नेपालमा आएको मात्र ८ महिना भएको छ । २०२२ मार्च देखि ‘बुनेको क्यास्मियर टेल्स’ नेपाली बजारमा आएको हो । 

इटालीमा उनलाई ३ बर्ष सम्म बुनेकोको अध्ययन गर्न एक जना साथीले सहयोग गरेका थिए । नेपालमा आएपछि उनकी भाउजु आरुसी अग्रवालले उनलाई पुरै समय दिएर यस विषयमा सहयोग गरिन् । 

माल्भिकाले आफ्नो उमेरका मानिसहरु सबै बाहिरी देशहरुमा गएर काम गर्ने भएकाले नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले ‘बुनेको क्यास्मियर टेल्स’ खोलेकी हुँन् । “अहिले मेरो उमेरका सबै मानिसहरु बाहिर छन् । नेपालमा आएर केही गर भन्दा किन आउनु ? के काम छ र नेपलमा भन्छन्” उनले भनिन्, “तर, मेरो सोच कस्तो छ भने हामी आफैले अवसर बनाउने हो ।” बाहिर गएका युवाहरुलाई बाहिरै गएपनि बाहिरबाट सिकेको ज्ञानलाई आफ्नै देशमा आएर प्रयोग गर्न पनि उनले अनुरोध गरिन् ।

हाल माल्भिका आफैले कपडा तयार गर्दिनन् । ‘बुनेको क्यास्मियर टेल्स’का सबै डिजाइनहरु चाँहि माल्भिका आफैले बनाउने गरेकी छिन् । डिजाइन बनाएर आफुले कपडा बनाउन प्रयोग गरिरहेको थर्ड पार्टि म्यानुफ्याक्चरीङ्लाई आफ्नो डिजाइन दिन्छिन् र उनीहरुले आफ्नो फ्याक्ट्रीबाट त्यहि अनुसारको कपडा तयार पारिदिन्छन् । अहिले माल्भिकाले २–३ ओटा थर्ड पार्टिहरु सँग काम गरिरहेकी छिन् ।  

‘बुनेको क्यास्मियर टेल्स’का धेरैजसो डिजाइनहरू एकदम सावधानीपूर्वक इटालीमै गरिएको माल्भिका बताउँछिन् । माल्भिकाअनुसार ‘बुनेको क्यास्मियर टेल्स’ बहुमुखी हुनुका साथै यसले ग्राहकको आराम र स्टाइललाई पनि जोड दिएको छ ।

हाललाई ‘बुनेको क्यास्मियर टेल्स’का लुगाहरू अनलाइन स्टोरमार्फत उपलब्ध भईरहेका छन् । केही समयपछि आउटलेट पनि खाल्ने योजना रहेको उनले जानकारी दिइन् ।

उनले थोरै लगानीमा ‘बुनेको क्यास्मियर टेल्स’ सञ्चालन गरेकी हुन् । अहिले सुरु भएको कारण त्यति धेरै कारोबार नभएको उनी बताउछिन् । ‘बुनेको क्यास्मियर टेल्स’मा ३ हजार देखि भएर १६ हजार सम्मका कपडाहरु उपलब्ध छन् । 

अहिले उनका कपडाहरु नेपाली बजारमा मात्र सिमित छन् । आफुले उत्पादन गरेका कपडाहरु नेपालभरी पुर्याउने र विदेशमा पनि लैजाने उद्देश्य उनले राखेकी छिन् । 

अब जाडो महिना आउदैछ जाडोमा मानिसहरुले फेसनका लुगा लगाउननै पाउँदैनन् । माल्भिकाले त्यसलाई नै मध्य नजर गर्दै जाडोमा लगाउदा तातो हुने र लगाउँदा फेसन पनि हुँने खालका कपडाहरु बनाउने सोचमा छिन् ।

माल्भिकाका अनुसार बजारमा आएका नयाँ नयाँ फेसनहरु सबै हेरेर कस्तो बनाउदा ठिक हुन्छ त्यहि अनुसार ३–३ महिनामा नयाँ डिजाइन ल्याउछिन् । 

हाल ‘बुनेको क्यास्मियर टेल्स’मा महिलाका मात्र कपडाहरु उपलब्ध छन्। हुडी लगाएतका केहि कपडाहरु पुरुषले पनि लगाउने मिल्ने छन्। १ वर्ष पछि पुरुषको लागि पनि विभिन्न डिजाइनहरु ल्याउने माल्भिकाले जानकारी दिईन् । 

आफुले व्यवसाय थालिसकेको विषयमा विश्वासनै नभएको उनी बताउछिन्। “यति छिटै व्यवसायमा गर्न थाले भनेर विश्वास नै लागेको छैन। १० वर्ष देखिनै म फेसन डिजाइन गर्छु भन्दा बाबाले किन फेसन गर्ने व्यापार मै आउनु भन्न् हुन्थ्यो । तर मेरो अन्तिम इच्छा भनेको नै फेसनमा केहि गर्नु थियो ”उनले भनिन्, “पहिला आफ्नो इच्छा पुरा गरेर मात्र विवाहको बारेमा सोच्नेछु । अब मेरो सपना पुरा हुँदैछ ।”  

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved