फास्ट ट्रयाकको फलाम चोर्ने ४ युवा प्रहरी नियन्त्रणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 08:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

निजगढ–काठमाडौं फास्टट्रयाक निर्माणको लागि राखिएको निर्माण सामग्री चोरी गर्ने चार जना युवालाई मकवानपुर प्रहरीले सामान सहित पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ जीतपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणका लागि राखिएका फलामका सामान चोरेर बिक्री गर्न लैजादै गर्दा प्रहरीले चारजना युवालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्रबहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोपका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार फलामको सामन करिब एक मेट्रिकटन भन्दा बढी रहेको प्रहरीले बताएको छ । चोरी गरिएका फलामका सामन ना ५ ख १४४३ नम्बरको बोलेरो गाडीमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जीतपुरका प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार बिहान १ः३० बजे (मध्यरातमा) बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिडेको बा ५५ च ८५०२ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र चोरीमा संलग्न ४ जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved