तरकारी पुर्ने मेयर विरुद्द डेढ लाख क्षतिपुर्ति माग गर्दै उजुरी

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Jun 16, 2020 | 01:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

गत जेट ५ गते तनहुँको शुक्लगण्डकी नगरपालिकामा एक व्यवसायीको तरकारी खाल्डोमा पुरिदिएको घटनाको पिडितले अझै न्याय पाएका छैनन् । करिब एक महिना वितिसक्दापनि उक्त घटनाको बारेमा कुनै छानविन भएको छैन ।

घटनाका पिडित गणेश शाहले घटना भएको तीन दिन पछि अर्थात जेठ आठ गते जिल्ला प्रशासन कार्यलयमा तनहुँमा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका थिए । तर पिडित शाहले उजुरी दिएको एक करिब एक महिना बितिसक्दा पनि कुनै छानविन समेत नभएको बताए । 

शाहले आठ गत दिएको उजुुरि जिल्ला प्रशासनले सम्बन्धित नगरपालिका(शुक्लगण्डकी नगरपालिका) मा पाठाइदिएको तर नगरपालिकाले उक्त उजुरीको कुनै वास्तै नगरेको बताए । नगरपालिकाले गत जेठको अन्त्यतिर उक्त विषयमा छलफल गर्ने र उक्त दिने पिडित शाहलाईपनि बोलाउने आश्वासन पिडितलाई दिएको थियो । तर असारको दुइ गतेसम्मपनि नगरपालिकाले आँफुलाई फोन सम्म नगरेको शाहले बताए । उनले भने, ‘नगरपालिकाका सुचना अधिकारी लक्षमण लम्सालले जठको अन्त्यतिर छलफल गरछौ र उक्त दिन तपाइलाई पनि छलफलमा बोलाउछौ भनेकोमा आजसम्म उहाँको नत फोन आउछ नत फोन उठछ ।’

कोरोना कारण उक्त उजुरीको बारेमा छलफलनै हुन नसकेको सुचना अधिकारी लम्सालले बताए । नगरपालिका अहिले माहामारी विरुद्ध लडिरहेकाले उक्त विषयमा प्रवेश गर्न नपाएको उनले बताए । अनौपचारीक रुपमा उक्त विषयमा छलफल हुनेगरेको भएतापनि औपचारीक रुपमा भने प्रवेश गर्न नपाएको उलको भनाई छ । यस विषयमा बुधबार अर्थात असार तीन गते मेयरसंग छलफल गर्ने बताउदै उनले पिडितलाई सोहिदिन जानकारी गराउने बताए । उनले बिजपाटिलाई भने, ‘बहीबारसम्म हामिले छलफल गरेर केहि निर्णय गर्नसक्छौ र सोको बारेमा जानकारी गाउछौ ।’

त्यस्तै उक्त उजुरिका बारेमा जिल्ला प्रशासनले नगरपलिकासहित जिल्ल प्रहरी कार्यलय, तलहुँ र गृह मन्त्रालयलाई समेत जानकारी गराएको जनाएको छ । उक्त उजुरिको छानविन गर्न जिल्ला प्रहरी, नगरपलिकालाई छानबिनकालागि निवेदन दिएको र गृहमन्त्रालयलाई समेत जानकारी गराएकोमा आजसम्म कतैबाटपनि कुनै थप जानकारी नआउको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिएका छन् । प्रमुख अधिकारीले भने, ‘ हामिले नगरपालिका, प्रहरी र गृहमन्त्रालयमा निवेदन दिएका छौँ उताबाट त्यसको अपडेट आएको छैन । उताबाट केही अपडेट आउला भनेर हमिले प्रतिक्षा गरेका छौँ ।’

गत जेठ पाँच गते तनहुँको शुक्लागण्डकी नगरपालिका ४ का २७ बर्षिय तरकारी व्यवसायी गणेश शाहलाई  मेयर किसान गुरुङ, उपमेयर सबिता रसाईलि लगायतका जनप्रतिनिधिको उपस्तिथीमा हातपात गरि स्टोरको तरकारी जफत गरेर खाल्डोमा पुरेका थिए । उक्त घटनाको तीन दिनपछि पिडित शाहले जिल्ला प्रशासन कार्यालय, तनहुँमा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका थिए । 

शाहले गत माघ १ गतेदेखि २०७७ पौष अन्तिम सम्मका लागि आर्मीलाई तरकारी व्यवस्थापनको टेण्डर पाएका थिए । सोही अनुसार आफूले तरकारी व्यवस्थापन गर्दा मेयर सहितको टोलीले जफतर गरी पुरिदिएको उनको गुनासो छ ।

यस अघि:

मेयरको दादागिरीस् आर्मीलाई ढुवानी गर्न राखेको तरकारी खोसेर खाल्डोमा पुरिदिए (भिडियो)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved