यस्तो छ आज सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 10:24:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ भने ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ६ रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved