बुद्ध एयरले ल्यायो देशभित्रै घुम्ने प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 03:55:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले लकडाउनपछिको उडान रणनीति तयार पारेको छ । कोरोना भाइरसका कारण विदेशी पर्यटक आउने सम्भावना कम रहेका कारण आन्तरिक घुमफिरलाई नै बढवा दिन प्याकेज बिक्री गर्ने बताएको छ । 

बुद्ध एयरले आफ्नै कम्पनी बुद्ध होलिडेसँगको सहकार्यमा प्याकेज ल्याउने भएको हो । तत्कालका लागि आन्तरिक पर्यटकमै निर्भर हुनुपर्ने भएकाले यस्तो रणनीति लयाईएको बुद्ध एयरले जनाएको छ । सबै सजगता अपनाएर उडान सुरु गर्ने योजना बनाईएको र सरकारले उडान खुला गर्नासाथ सेवा सुरु हुने कम्पनीले जनाएको छ । 

बुद्धले पर्यटकीय नगरी पोखरा र चितवनका लागि प्याकेज बनाएको छ । पोखराका लागि २ दिनको प्याकेज प्रतिव्यक्ति ५ हजार ९९९ र चितवनका लागि २ दिनकै प्याकेज १३ हजार ९९९ रुपैयाँ शुल्क लाग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved