पर्यटनका लागि २० अर्बको राहत प्याकेज माग, प्रतिवेदन मन्त्रालयमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 03:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । बोर्डले अध्ययन प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ । कोरोनाको असरबाट पर्यटन क्षेत्रलाई बचाउन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मुख्यतः ४ प्रकारका उपाय समेटिएको बोर्डले जनाएको छ । बोर्डले पर्यटन क्षेत्रमा आवद्ध कर्मचारी एवं श्रमिकहरूलाई राहत उपलब्ध गराउने, पर्यटन व्यवसायीहरुलाई आर्थिक राहत र सहुलियत उपलब्ध गराउने र पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्काल चाल्नुपर्ने कदमहरु सुझाईएको बताएको छ । 

यस्ता छन् मुख्य ४ उपायः

१) मानव शंसाधन

मुख्य ३ उपायमध्ये पहिलो नम्बरमा मानव संसाधनको पेशागत सुरक्षाका लागि २० अर्बको राहत प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताईएको छ । सरकारले राहत प्याकेज ल्याएपछि राहत प्राप्त गर्न पर्यटन जनशक्तिले आफू पर्यटन क्षेत्रमा कार्यरत रहेको प्रमाण उपलब्ध गराउनु पर्नेछ । राहत पाउन अन्तिम ३ महिनाको तलब बैंकमा जम्मा गरेको प्रमाण, प्यान दर्ता प्रमाणपत्र, आयकर तिरेको प्रमाण र सामाजिक सुरक्षा कोषमध्ये कुनै पनि प्रमाण पेश गर्नुपर्ने छ । 

२) सहयोग एवं सहुलियत

पर्यटन बोर्डले व्यवसायीहरुका लागि आर्थिक सहयोग एवं सहुलियत उपलब्ध गराउन मन्त्रालयलाई सुझाव दिएको छ । व्यवसायीहरुले लिएको ऋणको ब्याजदर घटाई आधार दर वा आधार दरमा थप १ प्रतिशतमा नबढ्ने गरी ब्याजदर कायम गर्नुपर्ने छ । 

३) कर्जाको पुनर्तालिकीकरण

बोर्डले पर्यटन व्यवसायीहरुले लिएको ऋण चुक्ता गर्नुपर्ने अवधिलाई पुनर्तालिकीकरण गरी ३ बर्ष थप गर्न सुझाव दिएको छ । ब्याजको पूँजीकरणका लागि १ बर्षको समय उपलब्ध गराइनुपर्ने, अहिले राखेकै धितोका आधारमा थप २५ लाखसम्म ऋण उपलब्ध गराउन पनि बोर्डले सुझाएको छ ।

४) विद्युत महशुलमा छुट

नेपाल पर्यटन बोर्डले व्यवसायीको मागको आधारमा विद्युत महशुल भुक्तानीमा छुट दिनुपर्ने पनि प्रतिवेदनमा उल्लेख गरेको छ । योसँगै विद्युतको डिमान्ड शुल्क मिनाहा गरेर पर्यटन क्षेत्रलाई तत्काल पुनरुत्थान गर्न सकिने बोर्डको सुझाव छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved