विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा मेची–महाकाली साइकल यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 10:21:42 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा मेची–महाकाली साइकल यात्रा हुने भएको छ । कात्तिक १७ गते सुदूरपश्चिमको सुर्खेस्थित महेन्द्रनगरबाट सुरु हुने साइकल यात्रा पूर्वको काँकडभिट्टा पुगेर सम्पन्न हुनेछ । कार्यक्रम संयोजक शाहका अनुसार ‘नेपाल साइकल उत्सव यात्रा २०७७’ नाम दिईएको कार्यक्रम २४ औँ दिनमा समापन हुनेछ ।

यात्रामा शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, सीएन पान्डेलगायत सहभागी हुने छन् । महेन्द्रनगरबाट धनगढी, चिसापानी, विरेन्द्रनगर, नेपालगन्ज, अमेलिया, तुल्सीपुर, घोराही, स्वर्गद्वारी, भालुबाङ, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, बागलुङ, पोखरा, नारायणघाट, हेटौंडा, सिन्धुलीगढी, जनकपुर, गाईघाट, धरान, ईटहरी, विराटनगर, दमक, विर्तामोड हुँदै काकडभिट्टा पुग्ने छ । १ हजार ६२४ किलोमिटर लामो दुरीको यो साइकल यात्राले कोभिडबाट सुस्ताएको पर्यटन क्षेत्र उकासिने विश्वास लिईएको छ ।

साइकल यात्रीहरुको समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बिदाइ गर्ने छन् । कार्यक्रमलाई बोर्डले प्रवद्र्धन र ट्रेकिङ एजेन्सिज् एसोसियनस अफ नेपाल (टान), नेपाल एसोसियसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) र नेपाल पर्वतारोहण संघ (एनएमए) ले सहयोग गर्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved