कांग्रेसका पूर्वसांसद पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 03:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् ।

कांग्रेस चितवनको असन्तुष्ट पक्षका तर्फबाट मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

कांग्रेस महासमिति सदस्य मिना खरेलको प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठको समर्थनमा पौडेलले मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका हुन् । 

उम्मेद्बारी घोषणाका लागि असन्तुष्ट पक्षको आज जिल्ला पार्टी कार्यालयमा भेला भएको थियो । भरतपुरको मेयर माओवादी केन्द्रलाइ दिने निर्णय भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध जनाउँदै आएका थिए । पौडेलले भोलि मनोनयन दर्ता गर्ने तयारी छ ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved