ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन बनाउनु परेको हो : देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2022 | 07:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले  केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नु परेको बताएका छन् । सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहो¥याए ।

शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उनले नेपाली काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताए । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिए  ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मधेशमा विद्यमान नागरिकताको समस्या समाधान गर्ने आश्वासन दिए । उनले विगतमा एमालेको कारण सो समस्या समाधान हुन नसकेको आरोप समेत लगाए । अध्यक्ष दाहालले अब सदन खुल्ने बित्तिकै नागरिकता समस्या समाधान हुने बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए । पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अध्यक्ष यादवले अपिल गरे । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved